प्रचण्ड –नेपाल समुहको केन्द्रीय कमिटी बैठक भोली बस्दै

फिल्को मिसन

२०७७ माघ,१८सोमबार
काठमाण्डौं । नेकपा प्रचण्ड–नेपाल समूहले भोली र विहान ११ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । संसद् पुनस्र्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा रहेको यो समूहले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।
बैठकमा समसायिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यो समूहको केन्द्रीय कमिटी बैठक गएको पुस ७ –९ मा बसेको थियो । त्यसपछि स्थायी कमिटी बैठकमार्फत् नै पार्टीको निर्णय गर्दै आएको थियो ।
स्थायी कमिटी बैठकबाटै केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य नरहने गरी हटाउने निर्णय गरेको थियो ।
बुटवल, विराटनगर र धनगढीमा प्रदेश स्तरीय विरोधसभा गरिसकेको यो समूहले माघ २८ मा काठमाडौंमा प्रदर्शनको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस