हङकङ छाड्न चाहाने बेलायती नागरिकलाई भिसा दिने बेलायतको घोषणा

फिल्को मिसन

२०७७ माघ,१८सोमबार
एजेन्सी । बेलायतले हङकङ निवासी लाखौं बेलायती नागरिकलाई भिसा उपलब्ध गराउने घोषणा गरेको छ । हङकङ छाड्न चाहने व्यक्तिका लागि बेलायतले पछिल्लो अवसर दिएसँगै बेलायती उपनिवेशमा रहँदा बेलायती नागरिकको मान्यता पाएका हङकङका ठूलो संख्याका नागरिकले आवेदन दिन थालेका छन् ।
आज अपराह्नदेखि बेलायती नागरिक पासपोर्ट भएका व्यक्ति र उनीहरुका आश्रित व्यक्तिले भिसाका लागि अनलाइन आवेदन गर्न सक्ने छन् । यस्ता व्यक्तिले पाँच वर्षपछि बेलायतको स्थायी नागरिकताका लागि आवेदन गर्न सक्ने बेलायत सरकारले घोषणा गरेको छ ।
चीन सरकारले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि धेरै व्यक्तिले हङकङ छाड्न चाहेपछि बेलायतले पूर्व बेलायती नागरिकलाई यस्तो अवसर दिएको हो । बेलायतको पछिल्लो कदमपछि चीन अझ आक्रोशित भएको छ । चीनले भने बेलायतले हङकङका नागरिकलाई भिसा प्रदान गर्ने घोषणा गरेका प्रति आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस