चिसोबढेपछि नेपागन्जमाका विद्यालय तीन दिन बन्द

फिल्को मिसन

२०७७ माघ,१८सोमबा
नेपालगज्नमा अत्यधिक चिसो बढेपछि नेपालगन्जका विद्यालय तीन दिन बन्द गरिने भएका छन् । नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकूद महाशाखाका अनुसार नगरमा सञ्चालित सामुदायिक, संस्थागत र धार्मिक विद्यालय सोमबारदेखि यही माघ २१ गतेसम्मका लागि बन्द गरिएको छ ।
महाशाखा प्रमुख गोर्खबहादुर थापाले मौसम अनुकूल भई घाम लागेमा यही माघ २२ गतेदेखि विद्यालय सञ्चालन गर्ने तर अवस्था यस्तै रहे आगामी आइतबारदेखि मात्र विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको बताए ।उपमहानगरले चिसो अत्याधिक बढेपछि नेपालगञ्जका सबै विद्यालय सोमवारदेखि बुधवारसम्म तीन दिनका लागि बिदा गर्न सुचना प्रकाशन गरेको हो ।

उपमहानगर शिक्षा शाखाका प्रमुख गोरख बहादुर थापा द्वारा जारिगरिएको सुचनामा उपमहानगरपालिकाका सबै निजी, सरकारी विद्यालय र मदरसाहरुलाई बन्द गर्न अनुरोध गरिएको छ ।सूचनामा बुधबारसम्म पनि मौसममा सुधार नआए शुक्रवारसम्म विद्यालय बन्द गर्न विद्यालयहरुलाई जनाइएको छ ।
नेपालगंजमा शितलहर र चिसोले रिक्सा चालक, ठेला चालक र मजदुर, बालबालिका र बृद्धबृद्धाहरुलाई यसले बढी प्रभाव पारेको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस