संसद विघटन :सरकार पक्षले आजबाट बहस गर्ने

फिल्को मिसन

२०७७ माघ,१९ मंगलबार
काठमाण्डौं । संसद विघटनविरुद्ध परेका रिटमा आजबाट सरकारी पक्षको बहस सुरु हुँदै छ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन १३ वटा रिट निवेदनमा आजदेखि सरकार पक्षले बहस सुरु गर्दैछन् ।
आजदेखि विपक्षीका तर्फबाट बहस प्रारम्भ हुनेछ । सरकारी वकिलका तर्फबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहस प्रारम्भ गर्नुहुनेछ । सरकारी वकिलका तर्फबाट महान्यायाधिवक्ता खरेलसहित ११ जनाले बहस गर्नेछन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता सुशील पन्त, वरिष्ठ अधिवक्ताहरू रविनारायण खनाल, महेश नेपाल, नेपाल बार एसोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेललगायतले बहस गर्नुहुनेछ । यस्तै सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट वरिष्ठ अधिवक्ता लवकुमार मैनाली, अधिवक्ता श्रीकृष्ण सुवेदी, श्यामप्रसाद खरेलले बहस गर्नुहुनेछ । यसअघि माघ ४ गतेबाट सुरु भएको बहसमा निवेदकका तर्फबाट ६३ जनाले बहस गरेको सर्वोच्चले जनाएको छ

प्रतिक्रिया दिनुहोस