प्रचण्ड–नेपाल समुहको केन्द्रीय कमिटी बैठक आज बस्दै

फिल्को मिसन

२०७७ माघ,१९ मंगलबार
काठमाण्डौं । नेकपा प्रचण्ड–नेपाल समूहले आज बिहान ११ बजेका लागि केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ ।
संसद् पुर्नस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा रहेको प्रचण्ड–नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको हो । बैठकमा समसायिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
यसअघि प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक गएको पुस ७–९ मा बसेको थियो । त्यसपछि स्थायी कमिटी बैठकमार्फत् नै पार्टीको निर्णय गर्दै आएको थियो ।
स्थायी कमिटी बैठकबाटै केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य नरहने गरी हटाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस