बागमती प्रदेशसभाको सातौं अधिवेशन शुरु

फिल्को मिसन

२०७७ माघ,१९ मंगलबार
काठमाण्डौं । बागमती प्रदेशसभाको सातौं अधिवेशन बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो । प्रदेशसभाको सातौं बैठक अधिवेशनको गत माघ ७ गते र गत माघ ९ गते बैठक बसी मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस