नेकपा दुई गुटबीच झडप :उपप्रधानमन्त्रीको गाडितोडफोड

फिल्को मिसन

२०७७ माघ,१९मंगलबार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दुई समूहबीच नुवाकोट जिल्लामा झडप भएको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री इश्वर पोखरेल र उर्जा मन्त्री टोपबहादुर रायमाझी नुवाकोट जानसाथ दोहोरो भिडन्त भएको हो ।
आफ्नो समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न नुवाकोट पुगेको उपप्रधानमन्त्री पोखरेलको प्रचण्ड माधव समूहका कार्यकर्ताले गाडीमा समेत तोडफोड गरेको छन। दुई समूहबीच केही विवाद भएको भएपनि अहिले अवस्था सामान्य भइसकेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस