पार्टी आधिकारिकता दावी गर्ने नेकपा प्रचण्ड–नेपाल समूहको निर्णय

फिल्को मिसन

२०७७ माघ,१९सोमबार
काठमाण्डौं । पार्टीको विवरण अध्यावधिक गर्न गरेको अनुरोधलाई निर्वाचन आयोगले अस्वीकार गरेपछि नेकपा प्रचण्ड– नेपाल समूहले पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा जाने निर्णय गरेको छ ।
आज बसेको केन्द्रीय कमिटीको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय गरेको नेता देवेन्द्र पौडेलले बताउनुभयो ।
आयोगको लिखित जवाफसहित आधिकारिक्ताको दावी गरेर जाने निर्णय भएको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आयोगमा कहिले जाने भन्ने अझैँ टुङ्गो लागेको छैन । केन्द्रीय कमिटीको बैठकले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै र विष्णु पाैडेललाई महासचिवबाट समेत हटाउने स्थायी कमिटीको निर्णय पनि अनुमोदन गरेको छ ।यसअघि दुवै समूहले राजनजीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस