एक दिन पनि चुनाव नसर्ने घोषणा गरेका प्रधानमन्त्रीको भनाइ

फिल्को मिसन

२०७७ माघ,१९सोमबार
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखको मध्यावधि चुनाव एक दिन पनि पर नसर्ने दाबी गर्नुभएको छ ।
आज ढल्केबरमा विद्युत सबस्टेशनको उद्घाटनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते चुनाव हुने बताउनुभयो । प्रदेश २ मा पहिलो चरणमा चुनाव हुने भन्दै उहाँले भन्नुभयो, तपाईंहरु तयार हुनुस् चुनाब एक दिन पनि पर सर्दैन ।
कोही चुनावको तयारी नगर भनेर निर्वाचन आयोग गएको भन्दै उहाँले निर्वाचन आयोगको काम चुनाव नगराउने होइन, गराउने भएको बताउनुभयो । निर्वाचन आयोगले समयमा नै चुनाब गराउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री केपी ओलीले तोकिएकै मिति २०७७ वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन हुने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस