भूमि आयोगले ७७ वटै जिल्लामा गठन गरयो समिति

२०७७ माघ १९ सोमबार
काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोगले ७७ वटै जिल्लामा समिति गठन गरेको छ।१५ माघमा बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला समितिको अध्यक्ष, विज्ञ र सदस्य चयन गरेको हो।
सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६, को दफा ८ को उपदफा १ बमोजिम जिल्ला समितिमा सो उपदफाको खण्ड ’क’ बमोजिम अध्यक्ष र खण्ड ’ख’ बमोजिम सदस्यमा चयन गरेको हो ।
आयोगले भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलगायतलाई जग्गा वितरण गर्न गत वर्ष आयोग गठन गरिएको हो आयोगले विभिन्न पालिकामा लगत संकलन सुरु गरेको छ ।सोमबार नै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन निर्देशन दिदै स्रोत साधनको अभाव हुन नदिने बताएकाछन् ।
आयोगका अनुसार ७४ जिल्लाका ४ सय १ स्थानीय तहसँग भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र व्यवस्थित बसोबासी व्यवस्थापन कार्यका लागि समझदारी भइसकेको छ भने १४ वटा स्थानीय तहमा लगत संकलन कार्य जारी रहेको छ ।