सेनाले गरयो बख्तरबन्द गाडीबाट चक्रपथ परिक्रमा

२०७७ माघ,१९सोमबार
काठमाडौं । नेपाली सेनाका बख्तरबन्द गाडीले सोमबार राति चक्रपथ परिक्रमा गरेका छन्। राति १० बजेपछि सेनाका १० वटा गाडी हतियारजडित गाडी सडकमा निस्किएका थिए। सेनाले बुधवार आठै पृतनामा रहेका बख्तरबन्द गाडी बाहिर निकाल्ने सूचना आइतवार सार्वजनिक गरेको थियो ।
२०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएकै दिनको संयोगमा सेनाले सीतापाइलास्थित युद्धकबच गण बखतरबन्द गाडी चक्रपथमा निकालेको हो । यसलाई सेनाले नियमीत अभ्यास भनेको छ भने कतिपयले माघ १९ को संयोग तथा रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सन्देश दिन खोजको शंसय पनि व्यक्त गरेका छन् ।
संसद विघटनपछि चौतर्फी आलोचनामा परेका प्रधानमन्त्री एवं रक्षामन्त्री ओलीले बिपक्षीहरुलाई सन्देश दिन सेनाको दुरुपयोग गर्न लागेको समेत कतिपयको आशंका छ । तर, सेनाले यसलाई नियमित अभ्यास बाहेक केही पनि नभएको स्पष्टीकरण दिएको छ ।