पत्रकार महासंघ हुम्लाको पाँचौं साधारणसभा

फिल्को मिसन

२०७७माघ,२०मंगबार
हुम्ला । नेपाल पत्रकार महासंघ हुम्ला शाखाको ५औं साधारणसभा मंगलबार सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले चुनाव गराउनु भन्दा दुई महिना अगाडि नै साधारणसभा सम्पन्न गर्न गरेको सर्कुलर अनुसार महासंघ हुम्लाको साधारणसभा सम्पन्न गरिएको हो।
नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले आगामी फागुनमा आगामी नेतृत्वका लागि जिल्ला, प्रदेश र केन्द्रको मतदान गर्ने निर्णय गरेको छ। साधारणसभाको बन्द सत्रमा महासंघ हुम्ला शाखाका सचिव राज शाहीले संचालन गरेका थिए भने उपाध्यक्ष मधु बस्नेत शाहीले सांगठानिक प्रतिबेदन, कोषाध्यक्ष सुरेश परियारले आर्थिक प्रतिबेदन पेश गरेका थिए। सभाले आफ्नो भवन निर्माणका लागि जग्गा खरिदका लागि पहिलो पटक पहल गर्ने निर्णय गरेको छ ।
समाजमा हुने राम्रा र नराम्रा पक्षको उजागर गर्न खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले आग्रह गरे। प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले ऐनमा जसरी स्पष्ट देखिन्छ, त्यसरी नै पत्रकारहरुले बिषयका उठान गर्न आग्रह गरे। समाज परिवर्तनका संवाहक पत्रकार पनि भएको कारण जिम्मेवारी अनुसार कलम चनाउनु पर्ने उनले बताए।
नेपाल पत्रकार महाँसघ जिल्ला शाखा हुम्लाका वरिष्ठ उपाध्यक्ष मधु बस्नेत शाहीको अध्यक्षता र नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि एव सचिव लक्ष्मी पुनको प्रमुख आतिथ्यमा बार्षिक साधारण सभा भेला संचालन भएको छ ।

 

प्रतिक्रिया दिनुहोस