प्रचण्ड–नेपाल समूहले ग¥यो आन्दोलनको कार्यक्रम घोषणा

फिल्को मिसन

२०७७ माघ,२१ बुधबार
काठमाण्डौं । प्रचण्ड–नेपाल समूहको नेकपाले सरकारले संवैधानिक पदहरूमा गैरकानुनी नियुक्ति गरेको विरोधमा सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संवैधानिक निकायका पदाधिकारीलाई जबरजस्ती ढंगमा शपथ गराइएपछि सचिवालय बैठकले आन्दोलनका कार्यक्रम थप सशक्त निर्णय गरेको हो ।
आज पत्रकार सम्मेलन गर्दै नेपाल–नेपाल समूहले बन्द हडताल लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । यस अन्तर्गत भोलि बिहीबार देशव्यापी हडताल आयोजना गरिएको नेतृ पम्फा भुसालले जानकारी दिनुभयो । आज साँझ पार्टीले काठमाडौंमा मसाल जुलुस निकाल्ने तयारी पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस