लिखित जवाफ पेस गर्न प्रचण्डलाई सर्वोच्चको आदेश

फिल्को मिसन

२०७७ माघ,२१ बुधबार
काठमाण्डौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना सम्बन्धमा लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
प्रचण्ड विरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलना रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको आजको इजलासले लिखित जवाफ माग गर्ने आदेश गरेको हो । प्रचण्ड विरुद्ध अधिवक्ता समीर हायूले सोमबार निवेदन दर्ता गर्नुभएको थियो । हिजो नै सुनुवाइ हुने भनिए पनि हेर्न नभ्याइने भन्दै आजका लागि पेसी सरिएको थियो । निवेदनमा प्रचण्डले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस