अख्तियारका कार्यबहाक प्रमुख आयुक्तको राजीनामा

फिल्को मिसन

२०७७ माघ,२१ बुधबार
काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त डा गणेश राज जोशीले राजीनामा दिनुभएको छ ।
कार्यबाहक प्रमुख डा. जोशीले राजीनामा दिँदै सो सम्बन्धी पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउनुभएको छ । आयुक्त भएपनि पछिल्लो समय कार्यबाहकको भूमिकामा रहनुभएका जोशीले संविधानको धारा २३८ को उपधारा ४ को खण्ड क बमोजिम राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई नियुक्त भएसँगै उहाँले राजीनामा दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस