हिउँदमा पनि हिमाल चढ्न अनुमति

फिल्को मिसन

२०७७ माघ २१ बुधबार
काठमाडौं । पर्यटन विभागका अनुसार मंगलबारसम्म हिँउदे सिजनमा हिमाल आरोहणको लागि अनुमति दिएको छ । हिमाल आरोहणको लागि १० आरोहण दलका ७ जना महिला र ३७ पुरुष गरी ४५ जनाले अनुमति पाएको पर्यटन विभागको श्रोतले जानकारी दिएको छ।
कोरोना भाइरसको महामारीपछि क्रमशः पर्यटन क्षेत्र उठ्ने क्रममा रहेको छ । यसको संकेत पर्वतारोहणमा देखिन थालेको छ
हिउँदे सिजनमा साना र होँचा हिमाल चढेर सगरमाथा आरोहणका लागि तयारी गर्ने गरिन्छ । विभागका अनुसार हिउँदे सिजनका लागि सगरमाथा आरोहणमा भने कुनै पनि दल इच्छुक देखिएनन् ।
विभागको तथ्यांकअनुसार यो वर्ष ८ हजार मिटर माथिको मनास्लु आरोहण गर्न दुई दलले अनुमति लिएका छन् । मनास्लुका लागि दुई आरोहण दलका १४ सदस्यले अनुमति लिएका बताएको छ।

लुजा पीक (५७२६ मि.)चढ्न एक टोलीका तीन सदस्यले अनुमति लिएका छन् । यस सिजनमा जारी भएका अनुमतिबाट सरकारले ८ लाख ९६ हजार ५ रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस