बन्दकर्ताले हडतालको साटो बाटो सरसफाइ

२०७७ माघ, २३ शुक्रबार
रामेछाप । देशभर हडतालमा उत्रिए पनि रामेछापका बन्दकर्ताले भने सरसफाई कार्यक्रम गरेका छन्। नेकपा प्रचण्ड नेपाल समुहले बन्द गराउने परम्परागत शैलीलाई परिवर्तन गरी बिहीबार उनीहरूले बजार सरसफाइसमेत गरेका छन्।
आन्दोलनकारीहरू सडक र सडक पेटी बढारिरहेका थिए भने सरफाइमा यसअघि देखि निरन्तर रुपमा लागिरहेका रामेछापका सहयोगीहरूले बढारेर थुपारेको धुलो र फोहोर उठाइरहेका थिए।
सरसफाइमा नेकपाका जिल्ला इन्चार्ज देवशंकर पौडेल, संघीय सांसद श्याम कुमार श्रेष्ठ र अध्यक्ष मैनकुमार मोक्तानलगायत जिल्ला नेता तथा कार्यकर्ता सहभागी भएका छन्।