संयुक्त आन्दोलनबाटै ओलीलाई घुँडा टेकाएर छाड्ने : बाबुराम

फिल्को मिसन

२०७७ माघ,२४शनिबार
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई घुँडा टेकाएरै छाडिने आव्हान गरेका छन्।
प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै शनिबार धनकुटामा आयोजित विरोधसभामा भट्टराईले सबै दल र नागरिक समाजलाई मतभेद विर्सेर आन्दोलनमा आउन आहृवान गरे ।
कांग्रेस, नेकपा माधव(प्रचण्ड पक्ष, जसपा, जनमोर्चा, विवेकशील लगायतका पार्टी, नागरिक समाज सबै मिलेर एउटा आन्दोलनको आँधी बेहरी सिर्जना ग¥यौं भने एक हप्ताभित्र केपी ओलीसरका घुँडा टेकाएर छोडिने जसपाका संघीय परिषद् अध्यक्ष डा. भट्टराईल बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस