देशलाई अस्थिरता तर्फ लैजान हुँदैन : काँग्रेस नेता पौडेल

फिल्को मिसन

२०७७माघ,२४शनिवार
दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरता तर्फ लैजान नहुने बताउनुभएको छ ।आज तनहुको दमौलीमा आयोजित साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताउनुभयो । नेपाली काँग्रेसले मात्रै देश विकास गर्नसक्ने दाबी गर्दै वरिष्ठ नेता पौडेलले नयाँ राजनीतिक धुब्रिकरणले काँग्रेसलाई अवसर प्राप्त भएको बताउनुभयो ।
काँग्रेसले हैसियत, उत्तरदायित्व बुझेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । वरिष्ठ नेता पौडेलले काँग्रेसलाई भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो । झण्डै दुई तिहाइ मत प्राप्त सरकारले जनभावना अनुसार काम गर्न नसकेकाले जनताको आकर्षण काँग्रेसमा बढेको पौडेलको भनाइ थियो । नेता पौडेलले पार्टीको विधान बचाएर काँग्रेसलाई पनि बचाउनुपर्ने बेला आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस