प्रतिनिधि सभा विघटनको विरोधमा हुम्लामा कांग्रेसको मौन प्रदर्शन

फिल्को मिसन

२०७७ माघ,२४शनिबार
हुम्ला । प्रतिनिधि सभा विघटनविरुद्ध विभिन्न लोकतन्त्रवादी संस्थाहरुले हुुम्लाको सदरमुकाम सिमकोटमा शनिबार मौन प्रदर्शन गरेको छ । कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार प्रधानमन्त्री केपि शर्मा ओली सरकारले संसद विघटन असंवैधानिक कदम चालेको भन्दै शनिबार विरोध प्रदर्शन गरिएको हो ।प्रधामन्त्री ओलीले गत पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको विरुदमा प्रर्दशन गरीएको नेपाली कांग्रेस हुम्लाले जानकारी दिएको छ । सरकार बिरुद्धको राष्ट्रिय कार्यक्रमलाई नेपाली काँग्रेस हुम्लाका शुभेक्छुक संस्थाहरुले संयुक्त रुपमा विरोध कार्यक्रम गरेका हुन ।
बिहान साढे ११ वजे पुरानो पार्टी कार्यालय काली चोकबाट कागजमा लेखिएको नारा छाती टाँसेर प्रर्दशन गरेका थिए । प्रर्दशनमा सहभागीहरुले हात र टाउकोमा कालो पट्टी समेत बाँधनु थिए । नारा भने लगाइएको थिएन । जुलुशले मौन रुपमा बजारको परिक्रम गरेको थियो । प्रर्दशनकारीले कालीन चोकबाट, बालमन्दिर चोक, काठेचुली हुँदै धुपी रुख, खेल मैदान, रानी वन, सनभ्याली एपोर्ट चोक हुँदै पून कालीन चोकमै आएर टे«ड युनियनका अध्यक्ष राजन रावतले जुलुशलाई समापन गरका थिए ।

प्रदर्शनीमा नेपाल ट्रेड यूनियन कांग्रेस, नेपाल शिक्षक संघ , नेपाल निजामती कर्मचारी युनियन (संघ), , लोकतान्त्रिक गैह्रसरकारी संस्था महासंघ , प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियशन, सेन्टर फर डेमोक्र्याटिक इञ्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ , नेपाल प्रेस युनियन, त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघले सहभागिता जनाएको छ

प्रतिक्रिया दिनुहोस