म्यानमारका नेतृ आङ सान सुची घरमा नजरबन्द

एजेन्सी

२०७७माघ,२४शनिबार
एजेन्सी । म्यानमारको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का नेतृ आङ सान सुचीलाई उनकै घरमा नजरबन्दमा राखिएको पार्टीले जनाएको छ ।एनएलडीका सञ्चार अधिकृत क्यी टोयले सेनाले सूचीलाई राजधानी नेपिदअस्थित घरमै नजरबन्दमा राखेको र उनको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिनुभएको छ । गत सोमबार म्यानमारमा सेनाले ‘कू’ गरी राज्यसत्ता कब्जा गरेको थियो ।म्यानमारमा सोमबार बिहान सेनाले स्टेट काउन्सिलर र विदेश मन्त्रीसमेत रहेकी नेतृ सुची, राष्ट्रपति विन मिन्ट, एनएलडीका वरिष्ठ नेताहरु, सांसद र क्षेत्रीय मन्त्रिपरिषद्का सदस्यहरुलाई गिरफ्तार गर्दै शासनसत्ता नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस