सभामुखको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ माघ, २५ आईतबार
काठमाडौं । संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध सभामुख अग्नि सपकोटाले दायर गरेको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ । संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध सभामुख अग्नि सपकोटाले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सभामुख सापकोटाले आफ्नो रिटमा संवैधानिक निकायमा नियुक्त पदाधिकारीलाई नियुक्त भएको पदको हैसियतले कुनै निर्णय नगर्न अन्तरिम आदेश माग गरेका थिए ।
सर्वोच्चले रिटमा विपक्षी बनाइएको राष्ट्रपति कार्यालय, संवैधानिक परिषदको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीसहित ३९ जनासँग लिखित जवाफ माग गरेको छ ।