संसद बिगठन बिरुद्धमा अनेम संघ हुम्लाद्धारा प्रजिअ लाई ज्ञापनपत्र

नन्द सिंह

२०७७ माघ,२५आईतबार
हुम्ला । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिगठन गरेको बिरुद्धमा अखिल नेपाल महिला संघले ज्ञापन पत्र पेश गरेको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–माधब पक्षको अखिल नेपाल महिला संघले जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेको छ ।प्रधानमन्त्रीले जनताले निर्माण गरेको वर्तमान संबिधानलाई कुल्चने काम गरेको भन्दै त्यस बिरुद्ध अखिल नेपाल महिला संघले प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनु परेको अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य जुम्कीत लामाले बताए ।
संघद्धारा पेश गरिएको ज्ञापन पत्रमा प्रधानमन्त्रीलाई नेपाली जनताले दिएको म्याण्डेड बिरुद्ध लागेको आरोप समेत लगाईएको छ । त्यसै गरि संबिधानको पालन गर्नु ब्यक्तिले धज्जी उडाएको समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । उक्त संघले ज्ञापन पत्र मार्फन प्रधानमन्त्रीले चालेका कदमलाई यथाशिघ्र सच्याउन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस