भट्टको हत्यामा संलग्नलाई कारबाही गर्न सरकारसँग माग

फिल्को मिसन

२०७७ माघ,२५आईतबार
काठमाण्डौं। राष्ट्रिय मानवअधिकार आयोगले बैतडीकी १७ वर्षीया युवती भागरथी भट्टको बालात्यकार पछि हत्याको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।
आयोगले आज विज्ञप्ति जारी निकालेर घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण सङ्कलनमा विशेष सावधानी अपनाउन, घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहत उपलब्ध गराउन समेत सरकारसँग आग्रह गरेको छ ।
आयोगको प्रदेश कार्यालय धनगढीबाट अनुगमन टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस