नेपालमा१ सय १९ जना कोरोना सङ्क्रमित
२०७७ माघ,२५ आइतबार
काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय १९ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै कुल सङ्क्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ८ सय १५ जना सक्रिय सङ्क्रमित छन् ।
गत २४ घण्टामा २ हजार २ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा १ सय १९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ९३ हजार ४ सय १७ पुगेको छ । गत २४ घण्टामा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
यो सँगै कोरोना सङ्क्रमित मृतकको संख्या २ हजार ३८ पुगेको छ । हाल ९२ जना क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा २ सय ६० जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, देशभर हाल ६७ जना कोरोना सङ्क्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ५६ जना आइसियु र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ र प्रदेश २ मा कुनै पनि सङ्क्रमित आइसियु र भेन्टिलेटरमा छैनन् ।
बागमती प्रदेशमा २५ आइसियु र ८ भेन्टिलेटरमा, गण्डकीमा ३ जना सङ्क्रमित मात्र आइसियुमा छन् । लुम्बिनी प्रदेशमा २६ आइसियु र २ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा १ जना आइसियु र १ भेन्टिलेटरमा रहेका छन् । सूदुरपश्चिम प्रदेशमा १ जना आइसियुमा छन् भने कुनै पनि सङ्क्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।