पत्रकारलाई पनि खोप निःशुल्क प्रदान गर्ने तयारी हुँदै
२०७७ माघ,२५आईतबार
काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासङ्घका सदस्यलाई कोभिड खोप निःशुल्क प्रदान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल भइरहेको बताउनुभएको छ ।
मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘आमसञ्चार तथा श्रमजीवी पत्रकार नीति, कार्यक्रम तथा बजेट’ विषयको अन्तत्र्रिmयामा मन्त्री गुरुङले कोभिड प्रभावित श्रमजीवी पत्रकारलाई राहत प्याकेज ल्याइने घोषणासमेत गर्नुभयो । श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सोका लागि सञ्चारगृह सञ्चालकसँग छलफल गरिने जानकारी दिनुभयो ।