पाँच रुपैँयाको नोटमा हुम्लाको लिमी र जंगली याक

कर्णबहादुर रोकाया,

२०७७ माघ,२५ आईतबार
हुम्ला । नेपाल राष्ट्र बैंकले हुम्लाको लिमी भ्यालीमा दुलर्भ जंगली याकको चित्र अंकितमा पाँच रुपैँयाको नोट सार्वजनिकीकरण गरेको छ ।
नेपाल राष्ट्र बैंकले २०७४ साल साउन ३१गते मंगलबारका दिनदेखि पाँच रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ । यसमा पहिलेको साजसज्जालाई परिमार्जन गरेको छ ।
पाँच रुपैंयाँको दरको नोट २६ करोड थान नयाँ नोटको छपाई गरिएको छ । जसको संकेत नम्बर ढर६६ ०००००१ देखि थर४५ ९९९९९९ सम्मको नोटलाई चलनचल्तीमा ल्याइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यो नोटलाई साविककै रङमा डिजाइन गरिएको छ । जसमा नोटको अग्रभागमा बायाँतर्फ सगरमाथ हिमालको चित्र रहेको छ । नोटको बीच भागमा वि.स.२०७२ सालको महाभूकम्प अघिको काष्ठमण्डप मन्दिरको चित्र अंकित छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ ।
नोटको तल्लो भागमा गर्भनर डा। चिरञ्जीवि नेपालको दस्तखत रहेको छ । नोटको तल्लो भागको बोर्डरमा नोटको क्रमसंख्या नेपालीमा र वि।सं। २०७३ लेखिएको छ ।
नोटको पृष्ठ भागको माथिल्लो भागमा अंग्रेजीमा नेपाल राष्ट्रल बैंक लेखिएको छ । नोटमा हुम्ला जिल्लाको लिमी उपत्यको हिमाललाई पृष्ठभूमिमा राखेर लिमीमा भर्खरै पत्ता लगाइएको जंगली याकको चित्र राखिएको छ । नोटको तल्लो भागमा अंग्रेजीमा पाँच रुपैंया लेखिएको छ । नोटको तल्लो भागको बोर्डरमा क्रमसंख्या र अंग्रेजीमा ईस्वी सम्वत् २०१७ लेखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस