नयाँ चालक अनुमतिपत्र संख्या ५ लाख नाघ्यो

फिल्को मिसन

२०७७ माघ, २६ सोमबार
काठमाडौं । नयाँ चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिनेको संख्या पाँच लाख नाघेको छ ।।
गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढी भएको विभागका सूचना अधिकारी डा. लोकनाथ भुषालले बताए ।उनका अनुसार सेवाग्राहीले २४ घण्टा नै र सातामा ७ दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस