उत्तराखण्डमा हिमताल फुट्दा १८ जना मृत्यु , २ सय जना भन्दा बढि बेपत्ता

फिल्को मिसन

२०७७ माघ,२६ सोमबार
एजेन्सी । भारतको उत्तराखण्डको चमोलीमा हिमनदी बिस्फोट हुँदा गएको बाढीबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । हिमनदी फुटेर धौलीगङ्गालगायत नदीमा आएको बाढीमा परेर दुई सयभन्दा धेरै जना हराइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तपोवन ड्याम नजिकैको सुरूङमा फसेकाको भने उद्धार भइरहेको छ । अझै १५० जना बेपत्ता रहेको हुँदा मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय प्रशासनले बताएको छ।

प्रतिक्रिया दिनुहोस