राष्ट्रिय महिला लिग फुटबल खेलमा एपीएफको जित

२०७७ माघ,२६सोमबार
काठमाण्डौं । राष्ट्रिय महिला लिग फुटबल अन्र्तगत आज भएको खेलमा एपीएफ क्लबले जितेको छ । अपराजित यात्रा कायम राख्ने क्रममा एपीएफले आज उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४ / ० ले पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक सहित ८ गोल गर्नुभयो ।
यस्तै अनिता बस्नेत र अनिता केसीले समान २ /२ गोल गर्नुभयो । कप्तान अनु लामा र रबिना गोलेले नाममा एक÷ एक गोल रह्यो । प्रतियोगिताकै सबैभन्दा कमजोर टिम चौदण्डी विरुद्ध एपीएफले दुबै हाफमा समान ७ / ७ गोल ग¥यो । एपीएफले ७ खेलमा २१ अंक जोडेको छ । एपीएफ लिगमा अपराजित रहने एक्लो टिम हो । चौदण्डीको यो लगातार सातौं हार हो । चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ ।