हितेन्द्रदेव शाक्य बने नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक

फिल्को मिसन

२०७७ माघ,२७ मंगलबार
काठमाडौं । हितेन्द्रदेव शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । ऊर्जा मन्त्रालयले शाक्यलाई कात्तिक २१ गते नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस