देश खतरामा परेको भन्दै विदेशी समुदायसँग समर्थनका जुटाउन आग्रह

फिल्को मिसन

२०७७ माघ,२७मंगलबार
काठमाण्डोैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले निरङ्कुश ढङ्गले आफ्नो शासन अवधि लम्ब्याउन खोजेको आरोप लगाउनु भयो ।
काठमाडौँमा आज भएको छलफलमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरू सहभागी भएका थिए । छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको विघटन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियामाथिको प्रहार भएको बताउनुभयो ।
लोकतन्त्रको पक्षमा आफूहरुलाई समर्थन आवश्यक भएको उल्लेख गर्दै प्रचण्डले अलग–अलग भेटेर अन्तर्राष्ट्रिय समुदायसँग कुराकानी भइसेकेको र चाँडै संयुक्त छलफलसमेत हुनसक्ने जानकारी दिनुभयो । पत्रकारको जिज्ञासामा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै फैसला गर्छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस