कर्णाली सरकारले सञ्चार गृहलाई एक–एक लाख रुपैयाँ दिने
२०७७ माघ २७ मंगलबार
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका प्रत्येक सञ्चार गृहलाई एकएक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै प्रदेश भित्रका सबै एफएम रेडियो, केवल टेलिभिजन र सिनेमाहललाई प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बातए । नेपत्रकार महासंघ सुर्खेत शाखाको २५ औँ साधारणसभामा नौ जना पत्रकार सम्मानित भएका छन् । शान्ति र विकास पत्रकारिता पुरस्कारबाट देवीराम देवकोटा, डम्मर आचार्य, चाँदनी कठायत, भानुभक्त खड्का सम्मानित भएका छन् ।
त्यस्तै खानेपानी तथा सरसफाइ पत्रकारिता पुरस्कारबाट खिम बुढा र मानबहादुर वली, वर्ष पत्रकारिता पुरस्कारबाट ललित बुढा र मधुवन बिसी, स्वर्गी पत्रकार नन्दु गेलाङ स्मृति पत्रकारिता पुरस्कारबाट गीता थापा सम्मानित भएको महासंघ सुर्खेतका शाखा अध्यक्ष गणेशकञ्चन भारतीले जानकारी दिए ।