प्रधिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजबाट फेरि बहस

फिल्को मिसन

२०७७ माघ,२८बुधबार
काठमाण्डौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजबाट फेरि बहस हुने भएको छ । संवैधानिक इजलासमा हिजो एकदिन स्थथित भएको बहस आजबाट पुनः सुरु हुने भएको हो । यसअघि हिजो एकदिनका लागि बहस रोकिएको थियो ।
न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा हिजो बहस रोकिएको हो । माघ ४ गतेदेखि जारी निरन्तर सुनुवाइमा निवेदकका कानुन व्यवसायीले बहस सकेपछि अहिले प्रधानमन्त्रीका निजी कानुन व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ मुद्दा परेका छन् । ती मुद्दामाथि ५ सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस