सरकारले अर्धवार्षिक समीक्षामार्फत् बजेटको आकार घटायो

फिल्को मिसन

२०७७ माघ,२८बुधबार
काठमाण्डौं ।सरकारले अर्धवार्षिक समीक्षामार्फत् बजेटको आकार घटाएको छ । चालू आर्थिक वर्ष २०७७÷०७८ का लागि सरकारले १४ खर्ब ४६ अर्ब रुपैयाँको आयव्यय विवरण सार्वजनिक गरेको थियो ।
६ महिनाको बजेट खर्चको अनुमानका आधारमा यस आर्थिक वर्षको बजेट १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँको मात्र हुने अर्थ मन्त्रालयले जनाएको छ ।
यो कुल बजेटको ९१ दशमलब १९ प्रतिशत मात्र हो । अर्थमन्त्री विष्णु पौडेलका अनुसार यो बजेट निर्वाचन र कोभिड खोपमा हुने खर्च समेत जोडेर हो । यसमा अनिवार्य दायित्व र पूर्वसहमति दिइएका आयोजनाको बजेट कटौती नहुने उहाँले जानकारी दिनुभयो । संशोधित अनुमान अनुसार चालू खर्च ९ खर्ब १४ अर्ब, पूँजीगत खर्च २ खर्ब ८३ अर्ब र वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । बजेटको संशोधित अनुमान अनुसार चालु आर्थिक वर्षमा सरकारले राजस्व र आन्तरिक ऋणबाट १० खर्ब ७४ अर्ब ६८ करोड, वैदेशिक अनुदानबाट ३५ अर्ब र वैदेशिक ऋणबाट २ खर्ब ३५ अर्ब रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस