प्रतिगमनविरुद्ध दश लाख नागरिक लिएर सिंहदरबार र बालुवाटार घेर्न नपरोस् : प्रचण्ड

फिल्को मिसन

माघ २८, २०७७ बुधबार
काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले १० लाख नागरिक लिएर सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिनुभएको छ ।
प्रचण्ड प्रतिगमन विरुद्धको प्रधानमन्त्री केपी शर्मा ओलीको कदम नसच्चिए सिंहदरबार र बालुवाटार घेर्नका लागि अर्को ओन्दोलन गर्ने चेतावनी दिएका छन्।
काठमाडौंमा प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै, आज यहाँ साथीहरूको जानकारी अनुसार ५ लाख हाराहारी उपस्थित भएका छौँ।’तर केपी जी सभा कस्तो भयोको देखाउनको लागि पनि आम सभा गरिएको हो ।
बुधवार नेकपा प्रचण्ड–माधव पक्षले काठमाण्डौमा आयोजना गरेको विरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले नागरिकको आक्रोश र पीडालाई नबुझे सिंहदरबार र बालुवाटार घेर्न लाखौँ लाख नागरिक आउने बताउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस