नाम्खागाउँपालिकाले बनाउँदै पर्यटन गुरुयोजना

फिल्को मिसन

२०७७ माघ,२८ बुधबार
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाले पहिलो पटक पर्यटन गुरुयोजनाको तयारी अन्तिम चरणमा पु¥याएको छ। पर्यटन प्रबद्र्धनका लागि उत्सव र महोत्सव आयोजना गर्दै आइरहेकोले यस श्रेत्रको गुरुयोजना अन्तिम तयारी गर्न सरोकारवालासँग राष्ट्रियस्तरको छलफल सम्पन्न गरेको छ ।
हुम्लाको उत्तरी गाउँपालिका यो जिल्लाको भौगोलिक रुपमा ठूलो हुनुका साथै प्राकृतिक, सांस्कृतिक तथा जैविक रुपमा पनि विविधतायुक्त छ । झरना, रक क्लाइमिङ, नदीनाला, ताल तलैया, नेपाली भुमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन, जंगली जनावर, लिमी भ्याली, चीनसँगको हिल्सा, एक हजार दुई सय वर्ष पुरानो हल्जी गुम्वा, लिमीको सँस्कृति, नेलु र बहुपति प्रथा, लिमीको संस्कृति लगायतले पर्यटकहरुलाई आकर्षित गर्ने गाउँपालिकाको अपेक्षा छ।
नाम्खा गाउँपालिकालाई नेपालकै एक नमुना पर्यटकीय क्षेत्र बनाउनका लागि इसिमोड, नेपाल पयर्टन बोर्ड, टान, हान, नागरिक उड्डयन, संस्कृति तथा पर्यटन मन्त्रालय, वन तथा भूसंरक्षण मन्त्रालय, अध्यागमन विभाग, त्रिभुवन विश्वविध्यालय, हुम्ला सम्बन्धी जानकार एवं सरोकारवाला व्यक्ति, संघ, संस्थाको सहभागितामा नाम्खा गाउँपालिकाले यो पाँच वर्षे पर्यटन गुरुयोजना तयार गरेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस