अख्तियार लाई हस्तक्षेप नगर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

२०७७ माघ,२९गते
काठमाण्डैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको स्वतन्त्र संवैधानिक अङ्गको रूपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गराउन सफल हुने विश्वास व्यक्त गर्नभएको छ ।
आयोगको ३० औं वार्षिकोत्सव समारोहमा हिजो सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रबद्र्धन तथा आर्थिक समृद्धिमार्फत राज्यको प्रतिष्ठा र पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पु¥याउन राजनीतिक दल, कर्मचारी, र आम नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा सरकारले कुनै हस्तक्षेप नगर्ने बताउनुभएको छ । अख्तियारको स्थापना नै निष्पक्ष रूपमा अनुसन्धान गरेर भ्रष्टाचारीलाई कानूनी कारबाही गराउनु रहेकोले सरकारले त्यसमा सहयोग गर्ने तर हस्तक्षेप नगर्ने उहाँले बताउनुभयो ।