झाँक्री पक्राउ गरेकोमा काँग्रेस नेताहरुद्धारा बिरोध

फिल्को मिसन

२०७७ माघ,२९विहीबार
काठमाण्डौं । रामकुमारी झाँक्री पक्राउको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि विरोध गर्दै तत्काल रिहा गर्न माग गर्नुभएको छ । रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको पौडेलले बताउनुभएको छ ।
बरिष्ठ नेता पौडेलले सामाजिक सञ्जाल मार्फत संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गर्दै सरकारले झाँक्रीलाई पक्राउ गरेको बताउनुभएको छ । यस्तै, झाँक्री पक्राउको काँग्रेस नेता गगन थापाले विरोध गर्नुभएको छ ।
पूर्वमन्त्री समेत रहनुभएका नेता थापाले सामाजिक सञ्जालमार्फत सत्यको पक्षमा बोल्ने मुख सरकारले देखाएको त्रासले बन्द नहुने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस