खाना खाने तरिका नजानेर कर्णालीमा कुपोषण समस्या

फिल्को मिसन

२०७७ माघ, २९ विहीबार
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा पोषणसम्बन्धी शिक्षा आवश्यक भएको बताएका छन् । कर्णालीका मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा खानेकुराको अभाव नभएको र खाना खाने तरिका नजानेर कर्णालीमा कुपोषण समस्या आएको बताउनु भयो ।
कर्णाली प्रदेशको योजना आयोगद्वारा बहुक्षेत्रीय पोषण योजनाअन्तगर्गत कर्णाली प्रदेश सरकार र सरोकारवाला निकायसँगको अन्तरक्रियाकार्यक्रमा मुख्यमन्त्री शाहीले कर्णालीबासीले खाना खाने तरिका शिक्षा सिक्नुपर्नेमा जोड दिए । कर्णालीमा विद्यमान समस्या भएकोले कुपोषणमुक्त प्रदेश बनाउने खालको नीति, कार्यक्रम तथा बजेट निर्माण गरेर अघि बढ्ने मुख्यमन्त्री शाहील बताए । कुपोषणबाट बालबालिका जोगाउनु नै चुनौतीपूर्ण बनेको बताए । सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले गरेको अध्ययन अनुसार कर्णालीका पाँच जिल्लाका ५१ प्रतिशतभन्दा बढी बालबालिका कुपोषित छन्।

 

प्रतिक्रिया दिनुहोस