टुँडिखेलमा नेकपाको मानव साङ्लो (फोटो फिचर)

२०७७ फाल्गुण,६विहीबार
काठमाडौं । संसद् विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले बिहीबारदेखि चौथो चरणको आन्दोलन सुरु गरेको छ । पहिलो कार्यक्रम मानव साङ्लो बनाएर टुँडिखेल घेरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहको नेकपाले तीन चरणका विरोध तथा संघर्षका कार्यक्रम सम्पन्न गरिसकेको छ ।चौथो चरणको संघर्षको कार्यक्रमअन्तर्गत बिहीबार काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेरेर प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमको विरोध गरेको हो ।नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य तथा केन्द्रीय संघर्ष समितिका सह–संयोजक योगश भट्टराईले प्रतिगमन तथा असंवैधानिक कदमविरुद्ध टुँडिखेलमा मानव साङ्लोले घेरिएको बताए । मानव साङ्लोमा नेकपाका नेता, कार्यकर्ताको उपस्थिति थियो ।