कर्णालीमा लोकसेवा आयोगमा पदाधिकारी नियुक्त
२०७७ फाल्गुण,६विहीबार
सुर्खेत । कर्णाली प्रदेशको लोकसेवा आयोगले पदाधिकारी पाएको छ। कर्णाली प्रदेश सरकारको सिफारिसमा कर्णाली प्रदेश लोकसेवा आयोगका पदाधिकारी नियुक्त भएका हुन्।त्यस्तै आयोगको सदस्यहरुमा बसन्ती कुमारी सिंह (शाही) र भक्तबहादुर खड्का नियुक्त भएका छन्। पूर्वशिक्षक शाही खार्पुनाथ–५ हुम्लाका स्थानीय हुन्। उनी कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीकी श्रीमती हुन्। आयोगमा पदाधिकारी भागबन्डा गर्दा कांग्रेसको भागमा महिला कोटा परेको छ।