निर्वाचन आयोगसँग प्रधानमन्त्री ओली असन्तुष्ट

फिल्को मिसन

 

२०७७ फागुन, ७शुक्रबार

काठमाडौं । निर्वाचन आयोगले मध्यावधि चुनावको तयारी राम्रो नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन् । निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको नियमावली संशोधनको वैधता कायम प्रति प्रधानमन्त्रि ओलीले असन्तुष्टि व्यक्त गनुभयो ।
निर्वाचन आयोगले पुस १९गतेमा राजनीतिक दलसम्बन्धी नियमावलीलाई संशोधन गरेको थियो । राजनीतिक दलसम्बन्धी नियमावली रहेको ‘निर्वाचन अवधिभर राजनीतिक दलसम्बन्धी विवादमा कुनै कारवाही नगरिने’ व्यवस्थालाई नियमावलीबाट आयोगले हटाएको थियो ।

शुक्रबार ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने निवार्चन आयोगले ढिलासुस्ती काम गरेको प्रति असन्तुष्टि प्रकट गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस