केन्द्रीय सदस्यसहित नागरिकता लिएर निर्वाचन आयोगमाजाने प्रचण्ड–नेपालको तयारी

फिल्को मिसन

२०७७ फागुन, ७शुक्रबार
काठमाण्डौं । नेकपाको प्रचण्ड– नेपाल समूहले आफ्ना केन्द्रीय सदस्यलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । । त्यसका लागि मध्यान्न १२ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भेला हुन केन्द्रीय सदस्यहरुलाई जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहनका लागि उक्त समूहको अनौपचारिक बैठकले निर्देशन दिएको हो ।
पार्टी कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो । आजको बैठक करिब दुई घण्टासम्म चलेको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध उक्त पार्टीले गरिरहेको आन्दोलन र त्यसको परिणामबारे जनसङ्घर्ष समितिका संयोजक एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा जानकारी गारउनुभएको थियो ।
गत पुष ५ गते संसद विघटनको घोषणा भएपछि नेकपा विभाजित छ। सत्तामा रहेको नेकपा ओली समूह र सडक संघर्षमा रहेको प्रचण्ड–माधव समूहले आ–आफू आधिकारिक रहेको दाबी गरिरहका छन्।

प्रतिक्रिया दिनुहोस