ओली पक्षका नेता बास बसेको घरमा आक्रमण

फिल्को मिसन

२०७७फाल्गुन,१०सोमबार
काभ्रे । काभ्रेको चौरीदेउरालीमा गएराति नेकपा ओली पक्षका नेता कार्यकर्ता बास बसेको घरमा आक्रमण भएको छ । संगठन विस्तार गर्न चौरीदेउराली पुगेका नेकपा ओली पक्षका नेताहरु बास बसेको घर र नेताहरु चढेको गाडी तोडफाड भएको हो ।
ओली पक्षको सोमबार वडा समिति गठन गर्ने कार्यक्रम छ । सोही कार्यक्रमका लागि आइतबार पुगेका ओली पक्षीय नेताहरु बास बसेको स्थानीय तिलकको घरमा आक्रमण भएको हो ।
आक्रमणकारीहरु २०–२५ वटा मोटरसाइकलमा आएका थिए । तिनीहरुले बास बसेको घरमा ढुंगा हानेको र गाडी तोडफोड गरेको जनाएको छ ।
सोमबार हुने कार्यक्रमका लागि चौरीदेउराली ५ पुगेर लेखराज गौतम, रीता ढकाल, चुडामणी गौतम लगायतको टोली बास बसेको थियो ।
नेकपा ओली समूहका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सो आक्रममणको पुष्टि गरेका छन् ।नेता बाँस्कोटाले सो आक्रमण प्रचण्ड–नेपाल समूहले गरेको आरोप लगाएका छन् ।

नागरिक खबर अनलाईनबाट

प्रतिक्रिया दिनुहोस