अदालतको फैसलाको प्रतीक्षामा रहेको नेपाली काँग्रेस : नेता शाहीको भनाइ
२०७७ फागुन,१०सोमबार
हुम्ला । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जिवनबहादुर शाहीले कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध अहिले अदालतको फैसलाको प्रतीक्षामा रहेको बताएका छन्।
गृहजिल्ला हुम्लाको ताँचकोट गाउँपालिकामा आयोजित बृहत्त आमसभा कार्यक्रममा नेता शाहीले कांग्रेस अहिले अदालतको फैसलाको प्रतीक्षामा रहेको र सबै गाउँमा गाउँमा सभा गर्ने बताए । नेता शाहीले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेकोले देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा बताए ।
दुईतिहाई जनमत पाएको कम्युनिष्ट सरकारले केहिगर्नपनि नसकेकोले नेपाली कांग्रेसले मात्रै देश विकास गर्नसक्ने दाबी गर्दै कांग्रेसका लागि अवसर भएको बताउनु भयो । नेता शाहीले हिल्सा– सिमकोट मोटर बाटो,कर्णाली करिडोर र ¥र्याप थ्रि ले निमार्ण गरेको बाटोको आफैले सडको परिकल्पना र पहल गरेकोे बताउनु भयो ।
पुष ५ गते प्रतिनिधि सभाको बिगठन भए सँगै गाउँ गाउँमा काँग्रेस पार्टीले आमसभा, बिरोधका कार्यक्रम गर्दे आएको छ । अदानचुली गाउँपालिका केन्द्र श्रीनगर स्वास्थ्य चौकीमा संचालन गरेको आम सभामा नेपाली काँग्रेस जिल्ला पाटी सभापति जयपति रोकाया , खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावल, नेपाल विद्यार्थी संघका अध्यक्ष धर्मराज जैसी , महिला संघकी अध्यक्ष विजया वुढा लगाएतको उपस्थीती रहेको छ ।