विप्लव समूह संग वार्ता गर्न सरकारीे, वार्ता टोली बनाउँदै

फिल्को मिसन

२०७७ फागनु,१०सोमबार
काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वसमुह लाई राजनीतिक प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । बालुवाटार स्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषदको बैठकले विप्लवमाथि २०७५ साल फागुन २८ गते लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरिएको जनाएको छ। आफूहरु वार्ताका लागि तयार रहेको विप्लव समूहको जानकारीपछि सरकारी पक्ष गृहकार्यमा जुटेको छ । मंगलबार बिहान बस्ने मन्त्रिपरिषद बैठकले दुई वर्षदेखि लगाएको प्रतिवन्ध फुकुवा गर्ने निर्णय गर्ने तयारी रहेको एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार, मंगलबार बिहान बस्ने मन्त्रिपरिषद बैठकले विप्लव समूहसित वार्ताका लागि वार्ता टोली पनि बनाउने तयारी छ । सरकारले औपचारिक वार्ताका लागि आव्हान समेत गर्नेछ ।
भूमिगत अवस्थामा रहेका विप्लवसँग सरकारले वार्ताका लागि विभिन्न स्रोतहरुमार्फत प्रक्रिया अघि बढाएको छ । विप्लवका नेताहरुसँग सरकारी पक्षबाट अनौपचारिक वार्ता भइसकेको छ । सरकार र विप्लव समूह दुवैले वार्ता टोली पनि घोषणा गर्ने पनि जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस