म्यान्मारमा सेनाको गोली लागेर कम्तीमा ३८ जना मारिए

एजेन्सी

२०७७ फाल्गुन ,२०विहीबारर्
एजेन्सी । म्यान्मारमा सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले फेरि गोली चलाएको छ ।सेनाको गोली लागेर कम्तीमा ३८ जना मारिएका छन्। नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भैरहेको छ ।प्रदर्शन हिंसात्मक बन्दै गैरहेको छ । जसलाई संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै रक्तपातपूर्ण दिन भनेको छ।म्यान्मारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य समेटिएका भिडिओ फूटेजहरू बाहिर आइरहेको बताउनुभयो ।

बुधवारको घटनापछि ब्रिटेनले शुक्रवार राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ । अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने बताएको छ।सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ।गत माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यान्मारभरी सामूहिक प्रदर्शन र नागरिक अवज्ञा भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस