सरकार र विप्लव समुहबीच आज पनि गर्ने तयारी

फिल्को मिसन

२०७७फाल्गुन,२०विहीबार
काठमाण्डौं । नेपाल सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहबीच आज पनि वार्ता गर्ने तयारी छ ।
हिजो नै दोस्रो चरणको वार्ता गरेको सरकार र चन्द समुहबीच आज निर्णायक वार्ता गर्ने तयारी भइरहेको सरकारी वार्ता टोलीले जानकारी दिएको छ । तर वार्ताको समय र स्थान भने खुलाइएको छैन । हिजो भएको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी वार्ता टोलीले जानकारी दिएको छ । वार्तामा विप्लव पक्षसँग रहेको हतियार बुझाउनेदेखि वैधानिक आन्दोलनमा आउने विषयमा हस्ताक्षर गर्नुपर्ने सरकारी पक्षको धारणा छ भने विप्लवका प्रतिनिधिले भने प्रतिबन्ध फुकुवा र बन्दी नेता, कार्यकर्ता रिहाइसहित माग राखेको छ । राजनीतिक रुपमा संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्नेमा जनमत संग्रह, संयुक्त राष्ट्रिय सरकार गठन र त्यसका लागि सर्वपक्षीय भेलाको प्रस्ताव उसले अघि सारेको छ ।
वार्तामा सरकारका तर्फबाट गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सहभागी थिए भने विप्लव समूहका तर्फबाट कार्यालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दिपक’ सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस