स्वास्थ्य सेवा केन्द्रका लागि एक अर्ब बढी बजेट निकासाका लागि स्विकृति

फिल्को मिसन

२०७७फाल्गुन,२०विहीबार
काठमाण्डौं  अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ निकासा गर्ने भएको छ । स्थानीय तहलाई सशर्त अनुदानका रुपमा उक्त रकम निकासा गर्ने भएको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनहरुको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा रकम निकासाका लागि स्वीकृति दिनुभएको हो । स्थानीय तहका सबै वडाहरुबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीतिअनुसार २ हजार ६ सय २६ वटा वडामा स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा छन् ।
स्वास्थ्य संस्थाहरुको काम सम्पन्नताको आधारमा वित्तीय हस्तान्तरणको रुपमा रकम पठाउने गरिन्छ । अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले चालु आर्थिक वर्षमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि चार अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको र त्यसमध्ये यसअघि २ अर्ब ६९ करोड रुपैयाँ २८ लाख ५८ हजार रुपैयाँ निकासा भइसकेको जानकारी दिनुभयो
अर्थ मन्त्रालयले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रम अन्तर्गत ५७ अर्ब ९७ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस